logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

कांग्रेसले बोलायो पदाधिकारी बैठक, आजै जसपासँग छलफल गर्दै


अंकुरण खबर
1.443K
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत जनाकारी दिए ।

नयाँ सरकार गठनको विषयमा अहिलेसम्म कुनै निर्णय लिन नसकेको कांग्रेसले जनता समाजवादी पार्टी जसपासँगको संवाद अघि आन्तरिक छलफल गर्न भन्दै पदाधिकारी बैठक बोलाएका हो ।

पदाधिकारी बैठक सकिएलगत्तै उसले जनता समाजवादी पार्टीसँग छलफल गर्ने छ । छलफल दिउँसो ४ बजे  देउवाको बुढानिलकण्ठ मै हुने महतको भनाइ छ ।

एमाले र माओवादी केन्द्र ब्यूँतिएपछिको परिस्थिति र सत्ता समीकरणको विषयमा छलफल मुख्य एजेण्डामा रहेर छलफल हुने छ ।