logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पदाधिकारी बैठक अघि शशांक निवासमा पौडेल पक्षको बैठक


अंकुरण खबर
988
Shares

सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै छलफल गरेको छ ।

सभापति देउवाले आज ३ बजे बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएपछि पौडेल पक्षले छलफल गरेको हो ।

महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा पौडेलसहितका नेताहरुले छलफल गरेका हुन् । अहिले पौडेलसहितका नेताहरु छलफलमा जुटेको स्रोतले जानकारी दिएको छ ।

वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत भेलामा जुटेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन नहुने निष्कर्ष निकालेका छन् ।