पछिल्लो २४ घण्टामा नेपालमा ४८ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ११८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख १० हजार ४३४ पुगेको छ ।
शुक्रबार ६१ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार १७७ पुगेको मन्त्रालयले जनाएको छ ।
आज कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।