नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्ष ओली पक्षको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन । त्यस्तै ओलीले महासचिव बाहेक सबै पदाधिकारीलाई हटाएका छन् ।
माओवादीबाट आएका रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
ओलीले रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् ।
आइतबारका लागि बैठक बोलाइएको भएपनि प्रधानमन्त्री ओलीले शुक्रबार आफू पक्षधर केन्द्रीय कमिटी बैठक राखेर यस्तो निर्णय गरेका हुन् ।