logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई पक्षलाई मिलाउन हिँडेका वामदेव गौतम पद विहिन


अंकुरण खबर
819
Shares

दुई समूहलाई मिलाउन नेकपा राष्ट्रिय अभियान खोलेका एमाले उपाध्यक्ष वामदेव गौतम पनि पद विहिन भएका छन्।

नेकपा छँदा नै नेताहरु प्रचण्ड-नेपाल र ओली समूहमा विभाजित भएपछि मिलाउन भन्दै वामदेवले एकता केन्द्र खोलेका थिए।

तर, शुक्रबार प्रधानमन्त्री ओलीले आफू अध्यक्ष र महासचिव ईश्वर पोखरेलको पद रहने बाहेक तत्कालिन एमालेको निर्वाचित कार्यसमिति भङ्ग गरे। प्रचण्ड समूहबाट पुरानै पार्टीमा फर्केको माधव नेपाल समूहलाई लक्षित गरेर ओलीले यस्तो कदम उठाएका हुन।

सबै पदाधिकारीलाई खारेज गरेसँगै अहिलेसम्म कतैपट्टि पनि नलागी पार्टी मिलाउन हिँडेका उपाध्यक्ष वामदेव गौतम पनि बर्खास्त भएका छन।

नेता गौतमले यसलाई एक ब्यक्तिको चरम अराजकता र कम्युनिस्ट आन्दोलनका नाममा कलँकको सँज्ञा दिएका छन्। एक निर्वाचितद्वारा सारा निर्वाचित बर्खास्त गर्नु कलंक भएको वामदेवको ठहर छ।

ओलीको यस्तो निर्णयपछि नेता गौतमले भनेका छन्, ‘यो पार्टी संचालनमा फासीवादी चरित्र हो। अराजकताको पराकाष्ठा नाघ्यो। ओलीको निर्णयले कम्युनिष्ट भन्न पनि लाज लाग्ने स्थिति बन्यो।’

‘सर्वोच्च अदालतको निर्णयले एमालेलाई एक ठाँउमा ल्याएको थियो’, नेता गौतमले भने, ‘यो पार्टी निर्माणमा महत्वपूर्ण अवसर थियो। तर, ओलीजी प्रतिशोधमा उत्रिए’

ओलीले आज सातै प्रदेशमा आफूपक्षीय नेतालाई इन्चार्ज तोकेका हुन। केन्द्रीय कमिटी पनि विस्तार गरेका छन।

त्यस्तै,योगेश भट्टराईबाट खोसेर प्रचारविभाग प्रदीप ज्ञवालीलाई दिइएको छ। अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई बागमती प्रदेशको ईन्चार्ज तोकिएको छ। भीम रावलको ठाउँमा लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको ईन्चार्ज बनाइएको छ।

ओलीले माओवादी केन्द्रबाट आएका २३ नेतालाई एमालेको केन्द्रीय समितिमा मनोनित गरेका हुन।