logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


अंकुरण खबर
1.352K
Shares

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ९ बजे बैठक बस्ने नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टीले सबै दलका लागि सहकार्यको ढोको खोले पछिको अवस्थामा अरु पार्टी प्रति कस्तो धारणा राख्ने भन्ने विषयमा पनि आजको बैठक केन्द्रीत रहन्ने जनाइएको छ ।

माओवादी केन्द्रले यसअघि एमालेसहित, कांग्रेस र जसपासँग सत्ता साझेदारीका लागि वार्ता गर्ने निर्णय गरेको थियो । तर, एमाले अध्यक्ष केपी ओलीले जसपातिर साझेदारीको हात बढाएपछि माओवादी केन्द्रले थप रणनीति तय गर्न लागेको सो पार्टीका नेताहरूले बताएका छन् ।

माओवादीसँग निकट मानिएका एमाले वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसँग छलफल नै नगरी ओलीले हिजो गरेको जिम्मेवारे बाडफाडका विषयमा पनि बैठकमा छलफल हुने छ ।ओलीको निर्णय अमान्य भन्दै नेपाल–खनालले पार्टीमा समानान्तर कमिटी बनाउने बताइसकेका छन् ।