logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज उपत्यकासहित देशका धेरै ठाउँमा घाम लाग्ने


अंकुरण खबर
1.157K
Shares

आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन् ।

आज दिनभरि नै देशका धेरै ठाउँमा घाम लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

उनकाअनुसार पश्चिमी वायुको प्रभाव खासै नरहेकाले आज दिनभरिकै मौसम सफा रहने छ । तर, प्रि(मनसुनको समय भएकाले बेलुकी पख भने केही  पहाडी जिल्लाको मौसम बद्ली भएर चट्याङसहित हल्का पानी पर्ने उनले बताए ।

विशेषगरी धादिङ, गोरखा, ओखलढुङ्गालगायत केही पहाडी क्षेत्रमा चट्याङसहित हल्का पानी पर्ने उनले बताए । हिजो स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण काठमाण्डौ उपत्यकासहित  केही ठाउँमा पानी परेको थियो ।