नेपाली बजारमा आज आइतबार सुनको भाउमा सामान्य वृद्धि भएको छ ।
गएको शुक्रबारको तुलनामा स्थानीय बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको भाउ तोलाको ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने तोलाको १२ सय ७० रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ ।