logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पेरिसडाँडामा सुरु


अंकुरण खबर
2.015K
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पेरिसडाँडामा सुरु भएको छ।

आज बस्ने केन्द्रीय कमिटी बैठकले अब पार्टीलाई कसरी अगाडि बढाएर लैजाने, संगठन निर्माण, नेता कार्यकर्ताको व्यवस्थापन र जिम्मेवारीलगायतका बारेमा आवश्यक निर्णय गर्ने बताइएको छ।

यस्तै आजको बैठकले अदालतको फैसलापछि माओवादी केन्द्रमा नफर्किएका नेताहरूका विषयमा पनि निर्णय गर्नेछ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

त्यस्तै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि केन्द्रीय कमिटीको बैठकबाट माओवादी केन्द्रका नेता रामबहादुर थापासहित २३ जना नेतालाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए।

ती नेताहरूलाई दल त्याग गरेको हो वा के हो त्यसका सम्बन्धमा २४ घन्टाभित्र स्पष्टीकरण दिन पनि माओवादी केन्द्रले निर्देशन दिएको थियो। ती नेता कार्यकर्ताको स्पष्टीकरण नआएमा उनीहरूलाई माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गर्ने निर्णय पनि केन्द्रीय कमिटी बैठकले गर्न सक्ने एक नेताले जानकारी दिए।