logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङमा ८ वर्षीया बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ


अंकुरण खबर
780
Shares

मोरङमा ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखिया रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाँस काट्न गएकी ८ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई शनिबार पक्राउ गरिएको हो ।

बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।

राईका अनुसार घटना शुक्रबार दिउँसो करिब ३ बजेतिरको हो । सुस्तमनस्थितिकी बालिका बोल्न सक्दिनन् । घाँस काट्न उनीसँगै गएका बहिनीहरुले दिदीमाथि करणी भएको देखेपछि घटना बाहिर आएको हो ।

पक्राउ परेका वृद्धमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिए ।