सिरहाको लहानस्थित मालपोत कार्यालयस्थित बम विष्फोट भएको ठाउँमा तराईं जनतान्त्रिक मुक्ति मोर्चा ‘गोइत’ समूहको पर्चा फेला परेको छ।
बम विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा फेला परेको प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए।
बम बिस्फोटमा परी ६ जना घाइते भएका छन्। सेवाग्राही पिदनेश भण्डारीको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जनाएको छ। अन्यको भने अवस्था सामान्य छ।
अहिले घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोली पुगेको छ।
घाइतेमध्ये २ जना मालपोत कार्यालयकै कर्मचारी छन्। कार्यालयको दोस्रो तलामा प्रेसर कुकर बम विस्फोट भएको डीआईजी सिंहले जानकारी दिए।