नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा पार्टी छाडेर एमालेमा गएका १३ जनालाई कारबाही गर्ने प्रस्ताव पेश भएको छ ।
एक स्थायी समिति सदस्यका अनुसार माओवादी छाडेर एमालेमा प्रवेश गरेका राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल तथा चन्द्रबहादुर खड्का र प्रतिनिधिसभा सदस्यहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह तथा गौरीशंकर चौधरीलाई पार्टीबाट कारबाही गर्दै सांसद पदबाटसमेत कारबाहीका लागि प्रस्ताव पेश भएको छ ।
यस्तै, प्रदेशसभा सदस्यहरु टंक आङबुहाङ, ज्वालाकुमार साह, दधिराम न्यौपाने, दिनेश पन्थी, धर्मराज रेग्मी, ठम्मरबहादुर विष्ट र झपट बोहोरालाई कारबाही गर्ने प्रस्ताव पेश भएको हो ।
माओवादीले उनीहरुलाई कारबाही गरे उनीहरुको जननिर्वाचित पदसमेत खारेज हुनेछ । उनीहरू सबैलाई कारबाहीका लािग स्पष्टीकरण समेत सोधिएको थियो ।