logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहा बम विस्फोट : गम्भीर घाइते २ जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै


अंकुरण खबर
1.092K
Shares

सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ ।

विस्फोटमा परी ६ जना घाइते भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए ।

विस्फोटमा परी घाइते भएका ६ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको निरौलाले जानकारी दिए । निरौलाका अनुसार गम्भीर रूपमा घाइते भएकालाई काठमाडौं उपचारका लागि ल्याउने तयारी गरिएको छ । घाइते २ जनालाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको छ ।

घाइतेमध्ये कार्यालका नायब सुब्बा ३८ वर्षीय शिवकुमार यादव र धनगढीमाई नगरपालिका-४ घर भएका सेवाग्राही ३० वर्षीय दिनेशकुमार भण्डारीको अवस्था गम्भीर छ । नायब सुब्बा यादव सिरहाको विष्णुपुर गाउँपालिका-३ का हुन् ।

मालपोत कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा आज दिउँसो करिब १ बजेतिर बम विस्फोट भएको हो । अपरिचित व्यक्तिले झोलामा बम ल्याएर कुर्सीमुनि राखेको र विस्फोट भएपछि सेवाग्राहीसमेत सो शाखामा रहेका घाइते भएको प्रहरीले जनाएको छ ।

यसैबीच मालपोत कार्यालयमा बम विष्फोट भएको ठाउँमा गणतान्त्रिक मुक्ति मोर्चा ‘गोइत’ समूहको पर्चा फेला परेको छ ।