logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा ५१.२३ अंकको गिरावट


अंकुरण खबर
702
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से ५१.२३ अंकले घटेर दुई हजार चार सय ७ दशमलब २५ विन्दुमा थामिएको हो ।

नेप्सेका अनुसार आज ४ अर्ब ९५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये दुई वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

बजार घटेपनि छ आइतबार पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड,पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी, रैराङ हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर कम्पनीको ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।