logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैठक सकाएर माधव नेपाल भेट्न हिँडे प्रचण्ड


अंकुरण खबर
1.274K
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही समयअघि सकिएको छ ।

नाम परिवर्तनबारे पस्ताव राखेपनि आजको बैठकमा कुनै निर्णय भने भएन । एमालेमा गएका सांसदहरुलाई कारवाही गर्ने, पार्टीको नाम परिवर्तन गर्ने लगायतका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न गएका छन् ।

एमालेको माधव नेपालसमूह र माओवादी केन्द्रबीच एकता गर्ने विषयमा पनि नेताहरुले छलफल चलाएका छन् । संयुक्त पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राख्ने विषयमा नेताहरुबीच अनौपचारिक रुपमा छलफल चलाइएको छ ।