logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ५३ जना कोरोना संक्रमित, ७७ जना डिस्चार्ज


अंकुरण खबर
1.482K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार  २३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ६ सय १५ पीसीआर परीक्षण भएको हो ।

आइतबार ७७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ३२६ पुगेको छ ।

आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ ।

काठमाडौं उपत्यकामा आइतबार थप १६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंका १३, ललितपुरका २ तथा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो ।