logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमवार ११ बजे बस्ने गरी सकियो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक


अंकुरण खबर
2.639K
Shares

सरकारबाट फिर्ता बोलाउँदा नफर्किएका मन्त्रीलाई कारबाही गर्ने भने पनि माओवादी केन्द्रको आइतवार बसेको केन्द्रीय कमिटी बैठकले यसबारेमा केही निर्णय गरेको छैन ।

एमालेमा प्रवेश गरेका गृह मन्त्री रामबहादुर थापा, ऊर्जा मन्त्री टोपबहादुर रायमाझीसहित २३ जनालाई अझै कारबाही प्रक्रिया अघि नबढाएको केन्द्रले जनाएको छ ।

पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा कारबाहीबारे छलफल भएको तर कुनै निर्णय नगरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । स्पष्टीकरण सोधेको पत्र बुझेको २४ घण्टाभित्र जवाफ नदिए कारबाही हुने भएकाले पर्खिने उनले बताए ।

शनिवार बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । माओवादी केन्द्रले फिर्ता बोलाएका मन्त्री र केही सांसदलाई नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाएका छन्।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सोमवार ११ बजेपछि फेरि बस्ने गरी सकिएको छ ।