स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले केही दिन मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अबको केही दिन देशका अधिकांश स्थानमा आंशिक बदलीसँगै वर्षाको सम्भावना रहेको बताएको छ । अहिले देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सफा रहने महाशाखाले जनाएको छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको छ ।
आज दिनभर कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा मेघगर्जन तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।