logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली र नेपालबीच भेटवार्ता हुँदै


अंकुरण खबर
754
Shares

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

ओली र नेपालबीच बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुने बताइएको छ । सर्वोच्च अदालतको आदेशसँगै एमाले ब्यँतिएपछि प्रधानमन्त्री ओली र न‍ेपाल पक्षका नेताहरूबीच औपचारिक रूपमा संवादहिनताको अवस्था रहेको थियो ।

स्रोतका अनुसार भेटमा ओली र नेपालसँगै दुबै पक्षका अरू केही नेताहरूपनि सहभागी हुनेछन् ।

नेपालपक्षबाट माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, भीम रावल तथा घनश्याम भुसाल र ओली पक्षबाट उनीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली सहभागी हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले फागुन २८ गते एकलौटी रूपमा नेता नेपालसहित सो समूहका मुख्य नेताहरूको जिम्मेवारी खोसेपछि एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । ओलीले २३ जना पूर्वमाओवादी नेताहरूलाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेका थिए ।

आइतबार एमालेका वरिष्ठ नेता नेपाल र खनालसहित ११ स्थायी कमिटी सदस्यले पार्टी अध्यक्ष ओलीले गरेको निर्णय नमान्ने घोषणा गर्दे ओलीको निर्णयलाई वैधानिकता नदिन निवार्चन आयोगमा पत्र बुझाएका थिए ।