logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


अंकुरण खबर
1.248K
Shares

सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आज दिउँसो २ बजेका लागि बोलाइएको कार्यव्यवस्था समितिका बैठकमा मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न लागिएको हो ।

सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि सरकारको उक्त निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरेपछि गत फागुन २३ गते पहिलो, फागुन २६ गते दोस्रो बैठक बसेपनि कार्यसूचीका बारेमा भने छलफल हुन सकेको थिएन ।

संसदको बैठकमा पेश हुने विषयको प्राथमिकता र समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित बनाउनका साथै सभामुखले आवश्यक ठानेको विषयमा सल्लाह लिन प्रतिनिधि सभामा रहेका दलहरुको प्रतिनिधित्व हुने गरी कार्यव्यवस्था समिति गठन गर्न सकिने व्यवस्था रहेको छ ।