जनता समाजवादी दल (जसपा) ले सत्ता समीकरणका लागि डिल गर्न पाँच नेतालाई जिम्मा दिएको छ।
सर्वोच्चको पछिल्लो फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र साबिककै अवस्थामा फर्किएपछि राजनीतिले झनै जटिल मोड लिएको छ। संसदमा भएका दलहरू अहिले भेटघाट र छलफलमा व्यस्त भएका छन्।
नयाँ सत्ता समीकरणका सन्दर्भमा जसपा नेपाली राजनीतिको केन्द्रमा रहेकाले तानतानको स्थितिमा छ। राजपाको पनि आन्तरिक तथा अन्य दलसँग छलफल, बैठक र भेटघाट बाक्लिएको बेला जसपाको तर्फबाट निर्णय गर्ने जिम्मेवारी पाँच नेतालाई दिएको जसपाका नेता लक्ष्मण कर्णले बताए।
उक्त जिम्मेवारी पाउने पाँच नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र महत र अशोक राई रहेको उनले बताए।