logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिद्धबाबालाई सफाइ दिने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता


अंकुरण खबर
936
Shares

सिद्धबाबा भनेर चिनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्दामा सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता गरेको छ ।

सुनसरीको चतरा बस्दै आएका सिद्धबाबाले आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेको थियो । बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीले मंसिर २२ मा उनलाई सफाइ दिएको थियो ।

जिल्ला अदालतको फैसलामा असन्तुष्टि जनाएको सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालय विराटनगरमार्फत आइतबार उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता गराएको हो ।

जिल्ला अदालत सुनसरीले ‘अनुयायी महिलाले मोहित भएर शरीर समर्पित गरेको, सहमतिमै सम्बन्ध कायम गरेका कारण बलात्कार भन्न नमिल्ने’ भन्दै सिद्धबाबालाई निर्दोष ठहर गरेको थियो ।