logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

ग्रीन लाइफ र महिला लघुवित्तको सेयर नेप्सेमा सूचीकृत


अंकुरण खबर
910
Shares

ग्रीन लाइफ हाइड्रोपावर र महिला लघुवित्तको शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचिकृत भएको छ।

लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको शेयर सहित १० लाख कित्ता शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो।

सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ६ लाख कित्ता शेयर गरी १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको शेयर भोलिबाट (मंगलबार)  कारोबारमा आउने गरी नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले लघुवित्तको शेयरलाई ३१३ रुपैयाँ १६ पैसा देखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको छ। त्यस अनुसार मंगलबार देखि कारोबार खुल्नेछ।

यस्तै, ग्रिन लाइफले फागुन ७ गते सर्वसाधारणको लागि आईपीओ बाँडफाँट गरेको १ करोड ८० लाख कित्ता शेयर पनि सुचीकृत भएको छ।

ग्रिन लाइफको कुल शेयरमा संस्थापकतर्फ ८० प्रतिशत र सर्वसाधारणतर्फ १९.४२ प्रतिशत शेयर स्वामित्व रहेको छ।

मंगलबारबाट कारोबारमा आउने कम्पनीको शेयरको प्रतिकित्ता ९९.६७ देखि २९९.०१ को मुल्य रेञ्ज तोकेको तोकेको छ।