logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपा शीर्ष नेताहरूको बैठक बस्दै


अंकुरण खबर
1.144K
Shares

जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूको बैठक आज बस्दै छ ।

दिउँसो २ बजे पार्टी कार्यालय बालकुमारीमा नेताहरूको बैठक बस्न लागेको कार्यकारी समितिका सदस्य केशव झाले जानकारी दिए ।

पछिल्लो राजनीति घटनाक्रम र भोलि बोलाइएको कार्यकारी समितिको बैठकको एजेन्डा तय गर्न बैठक बस्न लागेको उनले जानकारी दिए ।

जसपाले सत्ता सहकार्यलगायतको विषयमा अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन ।