logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीको चियापानमा नेपाल पक्षका सांसद पनि सहभागी


अंकुरण खबर
767
Shares

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आयोजना गरेको चियापानमा माधव नेपाल–झलनाथ खनाल समूहका पनि केही सांसद सहभागी भएका छन् ।

उक्त समूहले ओलीको चियापान बहिस्कार गर्ने निर्णय गरे पनि सांसदहरु माया न्यौपाने, विष्णु शर्मा र समिना हुसेन सहभागी भएको बालुवाटार स्रोतले बताएको छ ।

ओलीले आज पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई चियापानका लागि बालुवाटारमा बोलाएका थिए । फागुन २३ गते सर्वोच्च अदालतले पार्टी पूर्ववत् रुपमा नै फर्काइदिएपछि ओलीले चियापान आयोजना गरेका हुन् ।

ओलीले चैत ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाएका छन् । केन्द्रीय कमिटी बैठकमा पनि नजाने निर्णय असन्तुष्ट समूहले गरेको छ ।

सर्वोच्च अदालतको फैसलापछि पहिलोपटक हिजो सोमबार पार्टी कार्यालय धुम्बाराहीमा नेताहरूबीच वार्ता भएको थियो । तर, सहमति भने हुन सकेन ।

एमालेको माधव-झलनाथ पक्षले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

पार्टी एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतमले पनि आफू निकट नेता कार्यकर्ताको भेला आयोजना गरेका छन् ।