logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चन्द्रागिरीको शेयर मूल्य १ हजार माथि, ग्रीनलाइफको कारोबारमा पनि उछाल


अंकुरण खबर
702
Shares

साप्ताहिक कारोबारको तेस्रो दिन मंगलबार शेयर बजारमा चन्द्रागिरि हिल्सको शेयर मूल्य १ हजार रुपैयाँभन्दा माथि लागेको छ ।

मंगलबार कारोबार शुरु हुँदा चन्द्रागिरीको शेयर मूल्य प्रतिकित्ता १ हजार २० रुपैयाँमा ओपनिङ भएको थियो । नियमित कारोबार शुरु भएको आधा घण्टामै कम्पनीको शेयर मूल्य बढेर प्रतिकित्ता १ हजार ६९ रुपैयाँ पुगेको हो ।

यस्तै, आजैबाट शेयर कारोबार शुरु गरेको ग्रीनलाइफ हाइड्रोपावरको शेयर मूल्यमा पनि उछाल आएको छ ।

यसको सेयर मूल्य ९.७० प्रतिशतले बढेर प्रतिकित्ता ३ सय २८ रुपैयाँ पुगेको छ ।

यसको पहिलो कारोबार मंगलबार माथिल्लो रेन्जबाट शुरु भएको हो । माथिल्लो रेन्ज २ सय ९९ रुपैयाँ हो । यसले न्यूनतम ९७.९९ रुपैया देखि २९९.१ रुपैयाँसम्मको कारोबार रेन्ज पाएको थियो ।

यता घलेम्दी हाइड्रोपावर पनि बढी कारोबार हुनेमा लगातार दोस्रो स्थानमा परिरहेको छ । यसको सेयर मूल्य १ सय ९० रुपैयाँ पुगेको छ ।