logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बोरामा भेटियो महिलाको शव


अंकुरण खबर
780
Shares

बल्खुको सुकुम्बासी टोलमा एक महिलाको शव बोरामा पोको पारिएको अवस्थामा फेला परेको छ ।

सोमबार साँझ टहराको घरमा सन्तोषी श्रेष्ठ सापकोटाको शव बोरामा पोका पारिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जोरपाटी माइती भएकी ३३ वर्षीय सन्तोषी परिवारसँग बल्खुमा बस्दै आएकी थिइन् । ह्यामरले हिर्काएर उनको हत्या गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ । प्रहरीका अनुसार पति सन्तोष सापकोटासँग उनको पछिल्लो समय घरायसी विवाद बढेको थियो ।

सन्तोषीका श्रीमान सन्तोष फरार छन् । यद्यपि श्रीमान पक्राउ परेपछि मात्रै यसबारे थप जानकारी हुने प्रहरीले बताएको छ।