logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सत्यसँग लड्दैनौँ तर बेठिक गर्नेहरुसँग झुक्दैनौँ : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.144K
Shares

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली सत्यसँग नलड्ने तर बेठीक गर्नेहरुसँग नझुक्ने चेतावनी दिएका छन् ।

आज सरकारी निवास बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै उनले संयमता अपनाउन आग्रह गरेका हुन् ।

उनले भने, कोहिले जङ्गली राज चलाउन खोज्दैछन् अनि विधि पद्धतिका कुरा गर्दैछन् तर हामी सत्यसँग लड्दैनौँ तर बेठीक गर्नेहरूसँग झुक्दैनौँ ।’

चियापानमा सहभागी नभएका खनाल-नेपाल समूहका नेताहरुतर्फ लक्षित गर्दै उनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्षले बोलाएको चियापानमा सहभागी नहुनेहरु कसको निमन्त्रणमा सहभागी हुनुहुन्छ भन्दै प्रश्नसमेत गरे ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आजको चियापान बहिस्कार गरेका छन् ।