पुनर्स्थापित प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।
अन्य कुनै बिजनेस नभएकोले बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गरी एकजना संविधानसभा सदस्यको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएको हो ।
अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते विघटन गरेको प्रतिनिधिसभा फागुन ११ गते सर्वोच्च अदालतबाट पुनर्स्थापित भएको हो । प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्दै सर्वोच्चले १५ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि आदेश दिएको थियो ।
आदेशअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ गते संसद् अधिवेशन बोलाएकी थिइन् । तर, हिउँदे अधिवेशन सुरु भए पनि प्रतिनिधिसभा हालसम्म एजेन्डाविहीन छ ।