logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ


अंकुरण खबर
819
Shares

धादिङ ज्वालामुखी गाउँपालिका-२ गैरिगाँउ बस्ने हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका–४ बस्ने ४७ वर्षीय लोकबहादुर भट्ट समेत ७ जना रहेका छन् ।

जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी मैदीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख १३ हजार ६५ रुपैयाँ र ३२ थान कौडा सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।