logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माधव पक्षको भेलाको सम्पूर्ण तयारी पुरा,भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने


अंकुरण खबर
858
Shares

अध्यक्ष केपी शर्मा ओलीको निर्णयको बिरुद्धमा माधव–झलनाथ खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने दावी गरेका छन् ।

भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पुरा भएको र भेलामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्दै पारित गरिने जानकारी दिए । पार्टी अध्यक्ष ओलीले आफ्नो कदम नसच्चाएसम्म आन्तरिक रुपमा प्रतिवाद गरिरहने भट्टराईले चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा एमाले स्थायी समिति सदस्य तथा नेता सुरेन्द्र पाण्डेले त्यस्तै पार्टी फुटको गतिविधि अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको हुनाले उनी कारबाहीको भागीदार हुने जीकिर गरेका छन् । उनले भने ‘पार्टी विधान विपरीत काम गर्ने अध्यक्ष पनि कारबाहीको भागी हुने हो कि होइन अध्यक्षचाहिँ त्यसबाट मुक्त हुन्छ, अरु कारबाहीको भागी हुन्छन् भन्ने हुँदैन’।

एमाले एकतावद्ध बनाउनुको साटो पार्टी एकताको महत्व घटाउन खोजेको आरोप लगाए । त्यस्ते उनले आफ्नो पक्ष एमाले एकताकै पक्षमा रहेको र त्यसको पुष्टि गर्न भेला बोलाइएको बताए । ‘पार्टीको विधानमा यस्ता भेला गर्ने, नेता कार्यकर्ताको भावना बुझ्ने र त्यसअनुसार विचारलाई एकरुपता दिने व्यवस्था गरिको छ’, पाण्डेको भनाइ छ ।