logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिले आव्हान गरेको बैठकमा माधव र झलनाथ गएनन्, यी नेता सहभागी


अंकुरण खबर
2.002K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा जारी छ ।

पछिल्लो समयसामयिक विषयमा छलफलका लागि राष्ट्रपतिले सर्वदलीय बैठक डाकेकी हुन् । बैठकमा पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको छ ।

बैठकमा एमालेबाट प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, रामबहादुर थापा लगाएतका नेता उपस्थित छन् । त्यस्ते कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा,रामचन्द्र पौडेल, विमलेन्द्र निधी, शशांक कोइाराला, नेकपा माओवादी केन्द्रका तर्फबाट पुष्पकम दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगाएतका नेता सहभागि छन् ।

त्यस्तै जसपाबाट महन्थ ठाकुर,उपेन्द्र यादव, राजेन्द्र महतो सहभागि भएका छन् । राष्ट्रिय जनमोर्चा चित्रबहादुर केसी सहभागी छन् भने, राप्रपाबाट प्रकाशचन्द्र लोहनीका साथै अन्य दलका नेताहरु पनि सहभागी भएका छन् ।

बैठकमा एमालेका माधव नेपाल र झलनाथ खनाल भने बैठकमा उपस्थित भएका छैनन् ।