पछिल्लो २४ घण्टामा देशभर ११४ जना कोरोनामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७९० जनामा गरिएको पिसिआर परीक्षणमा ११४ मा संक्रमण देखिएको हो।
हालसम्म २२ लाख २१ हजार ५१२ जनामा गरिएको पिसिआर परीक्षणमा २ लाख ७५ हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ।
आज ९४ जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन्। निको हुनेको संख्या हालसम्म २ लाख ७१ हजार ४९५ पुगेको छ।
आज कुनै संक्रमितको मृत्यु भएको छैन् । नेपालमा हालसम्म ३ हजार १४ जना संक्रमितको मृत्यु भएको छ।