logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एन्फाको आयोजनामा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक


अंकुरण खबर
1.456K
Shares

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

एन्फाले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । दशरथ रंगशालामा हुने प्रतियोगिता चैत १० देखि १६ गतेसम्म हुनेछ ।

चैत १० गते सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् ।
एन्फाले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल चैत १२ गते हुनेछ ।

किर्गिस्तानको २३ वर्ष मुनिको टिम हुनेछ । यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा कुल ४ खेल हुनेछ ।
फिफा विश्वकप छनौटका खेलहरु स्थगित भएपछि एन्फाले खालि रहेको समयमा यो प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिताका लागि बंगलादेश र किर्गिस्तान चैत ८ गते नेपाल आइपुग्नेछन । उनीहरुको नेपाल आएर कोरोना परिक्षण हुनेछ । त्यसपछि मात्र प्रशिक्षणमा सहभागि हुन पाउने छन ।