logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मूलपानीमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


अंकुरण खबर
741
Shares

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानीमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

बा ५ ख १८२ नम्बरको मिनि ट्रकको ठक्करबाट प्रदेश ३–०२–०१२ प ५८४२ नम्बरको मोटरसाइकलका चालक काठमाण्डौ घर भइ अहिले चाँगुनारायणमा बस्ने २७ वर्षका सुरज कुइंकेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हिजो बेलुका साढे पाँच बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका कुइंकेलको ६ बजे नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो ।

मिनिट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।