स्याङ्जामा २७ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ९४ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
गाउँकै सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पुतलीबजार नगरपालिका-१३ का ९४ वर्षीय हिराबहादुर घर्ती (भूजेल) पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले विभिन्न प्रलोभन दिँदै युवतीलाई जंगलमा लगेर बलात्कार गरेका हुन् ।
युवतीका आफन्तले घर्तीलाई जंगलमा रंगेहात पक्राउ गरेर प्रहरीलाई बुझाएका स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।