logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य तोलामा ३ सयले बढ्यो


अंकुरण खबर
676
Shares

नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुनको मुल्य तोलामा ३ सयले बढेको हो ।

बुधवार छापावाला सुन तोलामा ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार छापावाला सुन तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलामा ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मुल्य प्रतितोला १२ सय ७० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।