logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खनालको आरोप- एकीकृत पार्टी भंग गर्ने प्रयास असफल भएपछि ओलीले संसद विघटन गरे


अंकुरण खबर
1.131K
Shares

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मदन भण्डारी फाउण्डेसनका नाममा गतिविधि गरेर केपी ओलीले एकीकृत पार्टीलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्।

माओवादी केन्द्रसँगको एकता भंग गर्न ओलीले मदन भण्डारी फाउण्डेसनका नाममा गतिविधि गरेको र त्यसविरुद्ध आफूहरुले आवाज उठाउन थालेपछि संसद नै विघटन गरेको आरोप खनालले लगाए।

‘केपी ओलीले मदन भण्डारी फाउण्डेशनका नाममा गुटगत राजनीति सुरु गरे । एकता भंग गर्न प्रयास गरे । यी सबै समस्या आउँदा पनि हामी मौन रहेका थियौँ तीन वर्षसम्म। तर प्रश्न उठाउन थालेपछि उनले संसद नै भंग गरिदिए’,खनालले भने।

तीन महिनामा गरिसक्नुपर्ने पार्टी एकताको काम तीन वर्षसम्म पनि नगरेको उनको आरोप थियो। खनालले गुटको राजनीतिको सुरुवात केपी ओलीले नै गरेको जिकिर गरे। ओलीले भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप खनालले लगाए।

पार्टीले भनेका क्षमतावान मानिसहरुलाई पाखा लगाएर आफ्ना आसेपासेलाई विभिन्न नियुक्ति दिएको आरोप उनको छ। अदालतले संसद विघटन बदर गरेर संविधानको रक्षा गरेको भए पनि एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला रहस्यमय रहेको खनालले बताए।