नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विग्रहको जिम्मेवार अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।
ललितपुरको सानेपामा बुधबारबाट सुरु भएको खनाल–नेपाल पक्षकोराष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता नेपालले पार्टीमा देखिएको विग्रहको जिम्मेवार अध्यक्ष ओली भएको बताए ।
‘उहाँ नै सबै कामको, वितण्डा, पार्टीभित्र विग्रहको निम्ति उहाँ नै जिम्मेवार हुनुहुन्छ,’ नेपालले भने । तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण रहेको नेता नेपालले बताए ।
उनले साइबर स्यालहरु अझै जिवितै रहेको भन्दै सावधानी अपनाउन नेता कार्यकर्तालाई आग्रह गरे । “साइबर स्यालहरु अझै ज्युँदै रहेछन् । अहिले पनि बाँचेका छन् । नेकपा हुँदा मात्रै होलान् भनेको एमाले पुनर्जिवनपछि पनि ज्युँदै रहेछन् । साइबर स्यालदेखि होसियार,” नेता नेपालले भने ।