logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतको राजधानी दिल्लीमा नेपाली महिलाको गोली हानी हत्या


अंकुरण खबर
806
Shares

भारतको राजधानी नयाँदिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ ।

नयाँ दिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मिना तामाङको गोली हानी हत्या भएको छ । बुधबार बिहान करिब ७ बजेतिर लुटेराहरुले गोली प्रहार गरी तामाङको हत्या गरेका हुन् ।

नुवाकोट घर भएकी ४५ वर्षीय तामाङ नयाँदिल्लीको मजनुका टिलामा करिब पाँच वर्ष देखि किराना पसल चलाउँदै आएकी थिइन् ।

बुधबार बिहान करिब सात बजे मोटरसाइकलमा आएका दुई जना लुटेराले पसल लुट्न खोज्दा तामाङले प्रतिकार गर्दा उनीमाथि गोली हानेको दिल्ली प्रहरीले बताएको छ ।

बिहान पसल खोलेर सरसफाइ गर्ने क्रममा मोटरसाइकलमा आएका लुटेराहरुले तामाङमाथि गोली प्रहार गरेका दिल्ली प्रहरीले जानकारी दिएको छ ।

गोली प्रहारबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । घाइते तामाङको उपचारका क्रममा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले लुटेराहरुको खोजी भइरहेको बताएको छ ।