logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चका प्रस्तावित न्यायाधीशका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान


अंकुरण खबर
923
Shares

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषबाट सिफारिस भएका सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको हो । समितिले सोसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन पनि दिएको छ ।

समितिको यो निर्णयसँगै सार्वजनिक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रस्तावित न्यायाधीशहरुविरुद्ध समितिमा उजुरी गर्न सकिने सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सुर्खेत उच्च अदालतका मुख्य न्याायधीश नहकुल सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालको नाम सिफारिस गरेको थियो ।

संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाइपछि परिषद्ले संविधानको धारा १ सय २९ बमोजिम नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।