logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशका पहाडी भूभागमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा हुने सम्भावना


अंकुरण खबर
780
Shares

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको जनाएको छ ।

पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमानले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै, आज राती देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना देखिएको छ ।