तीन दिन स्थिर रहेको सुनको भाउ आज बढेको छ । बुधबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो ।
आज छापावाला सुनको मुल्य तोलाको ८७ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो (बुधबार) छापावाला सुन तोलामा ८६ हजार ९०० मा स्थिर रहेको थियो ।
आज तेजावी सुनको भाउ पनि बढेर ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२ सय ९० पुगेको महासंघले जनाएको छ ।