जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको आज बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।
तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।
बैठकमा पार्टीको संगठन समायोजन र सत्ता समीकरणको विषयमा छलफल गर्ने भनिएको थियो ।
हिजो र अस्ति दुई दिनसम्म पार्टीका शीर्ष नेताहरूले छलफल गरेर आज बस्नेगरी बैठक तय गरेका थिए । तर, अन्तिम समयमा आएर बैठक स्थगित भएको हो ।
आजको बैठकले सरकारको समीकरणको निर्णय गर्ने अपेक्षा गरिएको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई नै साथ दिने वा नयाँ सरकार निर्माण गर्न कांग्रेस, माओवादी केन्द्रसँग मिलेर जाने भन्ने विषयमा दुईधार देखिएपछि जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको थियो ।
जसपामा अध्यक्षहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव काग्रेस माओवादी गठबन्धनको पक्षमा रहँदा महन्थ ठाकुर राजेन्द्र महतो लगायत पूर्व राजपा ओलीकै निरन्तरताको पक्षमा देखिएपछि समस्या उत्पन्न भएको छ ।