logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अशोक कोइरालाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त


अंकुरण खबर
819
Shares

नेपाली कांग्रेसले संविधान सभा सदस्य तथा पार्टीका मोरङ जिल्ला पूर्वसभापति अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालाको निधनमा दुःख व्यक्त गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले सरल राजनीतिक कर्मी गुमाएको बताएका छन् ।

‘उहाँको निधनबाट सिङ्गो नेपाली कांग्रेसले एक असल र निष्ठावान अग्रज व्यक्तित्वसँगै मोरङको भूगोलले एक सरल राजनीतिकर्मी गुमाएको छ । उहांले पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ,’ देउवाको भनाइ उध्रित गर्दै पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोइरालाको आज विहान १ बजे ७७ वर्षको उमेरमा विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । कोइराला १९ वर्ष कांग्रेस मोरङका जिल्ला कार्यसमिति सभापति भएर काम गरेका थिए । विराटनगर उप महानगरपालिका भएपछिका पहिलो मेयर कोइराला भएका थिए ।

कोइराला कांग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भाइ हुन् । उनको आजै अन्त्यष्टि गरिने कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए । उनलाई अन्तिम श्रद्धान्जली दिन महामन्त्री कोइरालासहितका नेताहरू विराटनगर पुगेका छन् ।