logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए १०७ जना कोरोना संक्रमित, ५२ जना डिस्चार्ज


अंकुरण खबर
702
Shares

नेपालमा बिहीबार थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५२ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ७१ हजार ६१० जना संक्रमित निको भएको मन्त्रालयल जानकारी दिएको छ ।

आज थप १ जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा तीन हजार १५ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल १ हजार जना आइसोलेसन र ५२ जना क्वारेन्टाइनमा छन् । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार रहेको मन्त्रालयले जानकारी दिएको छ ।