logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेमा नेताहरू मात्रै मिलेर कार्यकर्ता मिल्ने सम्भावना छैन : माधव नेपाल


अंकुरण खबर
845
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी तल्लो तहसम्मै विभाजनको स्थितिमा रहेको बताएका छन् ।

उनले अहिले पार्टीमा देखिएको विवाद समाधानका लागि आफूहरु मात्र मिल्ने अवस्था नभएको बताए । नेता मात्र मिलेर कार्यकर्ता नमिल्ने अवस्था बनेको उनले बताए ।

बुधबारदेखि सुरु झलनाथ खनाल–माधव नेपाल पक्षको कार्यकर्ता भेलामा सहभागीले उठाएका सवालको जवाफ दिँदै नेता नेपालले तल्ला तहसम्मै विभाजनको स्थिति रहेको बताएका हुन् ।

‘नेताहरू मात्रै मिलेर मिल्ने सम्भावना छैन। केपी ओली पक्षले कार्यकर्ता तहमा समेत कूप्रचार गरेको छ’, बुधबार छलफलका लागि गठन गरिएको १० समूहबाट आएको सुझावमाथि जवाफ फर्काउँदै नेपालले भने ।