logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोला ५ सय रुपैयाँले घट्यो सुनको मूल्य


अंकुरण खबर
858
Shares

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ओरालो लागेको छ । शुक्रबार सुनको मूल्यमा प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रुपैयाँ थियो ।

यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ ।