logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभा बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने


अंकुरण खबर
650
Shares

शुक्रवार बस्ने प्रतिनिधि सभा बैठकमा दलीय आधारमा सांसदहरुले सम्बोधन गर्ने भएका छन् ।

पुनःस्थापित प्रतिनिधि सभाका तीनवटा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएका थिए ।

शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा दलीय आधारमा सम्वोधनको लागि समय छुट्याइएको संघीय संसद सचिवालय स्रोतले जानकारी दियो ।

नेकपा एमालेका तर्फबाट प्रदीप ज्ञवालीले बोल्ने छन भने कांग्रेस र नेकपा माओवादी केन्द्रले अहिलेसम्म नाम दिएका छैनन् ।

प्रतिनिधि सभा बैठकको लागि पूर्व सांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने लगायतका कार्यसूची छन् । फागुन २३ गते शुरु प्रतिनिधि सभाको शुरुको बैठक अवरुद्ध भएको थियो भने दुइ बैठक शोक प्रस्ताव पारित गरेर टुंगिएको थियो ।