महान्यायाधिवक्ता अग्नि खरेलले विशेष पत्रकार सम्मेलन बोलाएका छन् ।
शुक्रबार दिउँसो एक बजे कार्यालयमै उनले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
श्रोतका अनुसार पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खरेलले राजीनामाको घोषणा गर्दैछन् । तर महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले खरेलको राजीनामाबारे जानकारी नरहेको बताए ।
‘विशेष रुपमा पत्रकार सम्मेलनको आयोजना गर्न भनिएको छ, पत्रकार सम्मेलनमै सबै कुरा थाहा होला’, उनले भने ।
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा कमजोर बहस गरेको भन्दै सरकार पक्ष महान्यायाधिवक्ता खरेलसँग असन्तुष्ट थियो । खरेलले संसद पुनर्स्थापना भए राजीनामा दिने अग्रिम घोषणा गरेको चर्चा चलेको थियो ।
केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनी महान्यायाधिवक्ता नियुक्त भएका थिए ।